पछिल्लो पटक अद्यावधिक: २६ असोज २०८३ (१२ अक्टोबर २०२६)

गोपनीयता

यो साइट स्कुलहरूलाई Kiko बारे बताउन र हामीसम्म पुग्न दिन बनेको हो। यसले सकेसम्म कम विवरण लिन्छ।

हामी के लिन्छौं

तपाईंले डेमो फारम वा च्याटमा लेखेको मात्र: नाम, स्कुल, जिल्ला, भूमिका, फोन नम्बर, इमेल र मेसेज। यो साइटमा ट्र्याक गर्ने कुकी, एनालिटिक्स वा विज्ञापनका स्क्रिप्ट छैनन्।

किन

तपाईंलाई जवाफ दिन, डेमो मिलाउन र मूल्य तयार गर्न। अरू केहीका लागि होइन।

कसले हेर्छ

Kiko को आफ्नै टोलीले मात्र। हामी तपाईंको विवरण कहिल्यै बेच्दैनौं वा अरूलाई दिँदैनौं।

कुकी

यो साइटले एउटा मात्र कुकी राख्छ, त्यो पनि तपाईंले च्याट सुरु गरेपछि, ताकि पेज बदल्दा कुराकानी खुला रहोस्। च्याट सकिएपछि वा आठ घण्टा प्रयोग नभएपछि हट्छ।

तपाईंको विवरण

हामीसँग भएको तपाईंको विवरण हेर्न, सच्याउन वा मेटाउन च्याट वा डेमो फारमबाट भन्नुहोस्, हामी गरिदिन्छौं।